नारायणहिटी दरबारभित्र रहेको ‘श्री सदन’को अवलोकन गर्न भोलिदेखि पाइने

काठमाडौं । नारायणहिटी दरबारभित्र रहेको तत्कालीन राजा वीरेन्द्रको निजी निवास ‘श्री सदन’ आइतबारबाट अवलोकन गर्न पाइने भएको छ ।

श्निबार (आज) दिउँसो २ बजे संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले श्री सदन खुलाको औपचारिक शुभारम्भ गरेसँगै आइतबार (भोलि)बाट अवलोकनको लागि खुल्ने भएको हो ।

नारायणहिटी दरबार संग्रहालय विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले दिएको जानकारीअनुसार भोलिबाट सर्वसाधारणका लागि पनि खुल्ने भएको हो ।

सदनमा मोटर ग्यारेजमा हिटलरले वीरेन्द्रलाई उपहारस्वरुप दिएको गाडी, तत्कालीन राजा त्रिभुवन, महेन्द्र र वीरेन्द्रले चढ्ने गाडी, वीरेन्द्रले प्रयोग गरेको हेलिकप्टर र हवाईजहाजलगायतका वस्तुहरुको अवलोकन गर्न पाइने पनि निर्देशक दाहालको भनाइ छ ।

विसं २०५८ जेष्ठ १९ गतेको हत्या काण्डपछि उक्त सदन बन्द रहँदै आएको थियो ।

 

प्रतिक्रिया