वायूको पारदर्शिता नहुँदा हवाई तथा सडक यातायात प्रभावित हुन सक्छ

काठमाडौं । देशका अधिकांश भू–भागमा चिसो बढेकाले बिहानीपख बायूको पारदर्शितामा कमी आई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जाडो शुरु भएसँगै देशका विभिन्न भू–भागमा चिसो बढेको छ । देशका सातै वटा प्रदेशको मौसम सफा रहेपनि केही प्रदेशमा आंशिक वर्षा तथा उच्च पहाडी क्षेत्र र हिमाली क्षेत्रमा हिउँ पर्ने समेत अनुमान गरेको छ ।

आज राती देशका विभिन्न पहाडी भू–भागमा हल्का वर्षाको संभावना समेत देखिएको छ । प्रदेश १, गण्डकी प्रदेश, कर्णाली तथा सुदरपश्चिम प्रदेशका पहाडी भू–भागमा केही स्थानहरुमा हल्का वर्षा हुने बताइएको छ ।

प्रतिक्रिया