चितवनमा कोरोना निको हुने ७७ प्रतिशत, ६१ बर्ष माथिका ५४ संक्रमितको मृत्यु

चितवन । चितवनमा कोरोना संक्रमणका कारण ६१ वर्ष माथिका मात्रै ५४ जनाको मृत्यु भएको छ । शुक्रबार सम्म ६१ बर्ष माथिका ५४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस हिसाबले ६१ बर्ष माथिका संक्रमितहरुको मृत्युदर ९.९६ प्रतिशत छ । हालसम्म ६० बर्षसम्मका ३१ संक्रमितको मृत्यु भएको छ । ६० बर्षसम्मका संक्रमितको संख्या चार हजार ९०० छ भने मृत्यु दर ०.६३ प्रतिशत छ ।

समग्रमा कोरोना संक्रमितहरुको मृत्युदर १.५६ प्रतिशत र निको हुने दर ७७.८ प्रतिशत रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । शुक्रबारसम्म पाँच हजार ४४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने मृत्यु हुनेको संख्या ८५ छ । हालसम्म सक्रिय संक्रमितको संख्या एक हजार १२१ रहेको छ । चार हजार २३६ संक्रमित निको भएर घर गएका छन् ।

हालसम्म भरतपुर महानगरपालिकाका तीन हजार ८०९ जना, रत्ननगर नगरपालिकाका ६६९ जना, खैरहनी नगरपालिकाका ३७२ जना, राप्ती नगरपालिकाका २९४ जना, कालिका नगरपालिकाका १६२ जना, माडी नगरपालिकाका १०३ जना र इच्छाकामना गाउँपालिकाका ३३ जनामा कोरोना देखिएको स्वास्थ्य कार्यालय चितवनकी जनस्वास्थ्य अधिकृत गिताञ्जली ढकालले बताइन् ।

निको हुनेहरुमा भरतपुरका दुई हजार ९०२, रत्ननगरका ५२८, खैरहनीका ३०६, राप्तीका २५७, कालिकाका १२२, माडीका ९२ र इच्छाकामनाका २९ जना छन् । मृत्यु हुनेहरुमा भरतपुरका ५१, रत्ननगरका १०, खैरहनीका ९, राप्तीका ८, कालिकाका ६ र इच्छाकामनाका एक संक्रमित छन् । कोरोना संक्रमणका कारण हालसम्म माडीका कुनै पनि संक्रमितको मृत्यु भएको छैन ।

प्रतिक्रिया