लागूऔषध र नगदसहित दुई जना पक्राउ, अनुसन्धान जारी

झापा । झापाको मेचीनगर नगरपालिका १५ हेल्दुवारीबाट नियन्त्रित लागूऔषध ब्राउनसुगरसहित २ जना पक्राउ परेका छन् ।

विशेष सूचनाको आधारमा प्रहरी चौकी ज्यामीरगढीबाट खटिएको प्रहरी टोलीले बिहीबार साँझ स्थानीय २४ बर्षीय विष्णु राजवंशी र १८ बर्षीय सागर पाहानलाई ११.०६ ग्राम नियन्त्रित लागूऔषध ब्राउनसुगरसहित पक्राउ गरेको हो ।

बा ३८ प ३८८५ नं.को मोटरसाइकलमा सवार रहेका उनीहरुलाई जाँचका क्रममा निजहरुको साथबाट उक्त परिणामको ब्राउनसुगरसहित ८१ ह्जार बढी नेपाली रुपैयाँ, १ सय १० भारतीय रुपैयाँ र २ थान मोबाइलसमत बरामद गरिएको छ ।

नियन्त्रणमा लिइएको उनीहरुको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, झापाले जनाएको छ ।

प्रतिक्रिया