‘एक्सप्रेस इन्ट्री’ अन्तर्गत ५ हजारलाई क्यानाडा प्रवेशको अनुमति

काठमाडौं । क्यानाडामा आप्रवासी भित्र्याउने कार्यक्रममध्येको ‘एक्सप्रेस इन्ट्री’ प्रणालीअन्तर्गत सन् २०२० को नोभेम्बर १८ मा हालसम्मकै बढी संख्यामा आप्रवासीलाई अनुमति दिइएको छ ।

उक्त कार्यक्रमअन्तर्गत कूल ५ हजार जना आवेदकलाई ‘निमन्त्रणा’ दिइएको छ । आवेदकहरुले ‘कम्प्रिहेन्सिभ र्याङ्किङ्ग सिस्टम’अन्तर्गत कम्तीमा ४७२ अंक पाउनुपर्ने हुन्छ ।

‘एक्सप्रेस इन्ट्री’ मा ‘फेडरल स्किल्ड वर्कर प्रोग्राम’, ‘फेडरल स्किल्ड ट्रेड्स प्रोग्राम’, ‘क्यानाडा एक्सपेरियन्स क्लास’ गरी तीन प्रकारका संघीय कार्यक्रम पर्दछन् ।

यसैगरी ‘प्रोभिन्सियल नोमिनेसन प्रोग्राम्स’ अन्तर्गत पनि यो प्रणालीमार्फत् आउन सकिने जनाइएको छ ।

मूल्यांकन प्रक्रियामा बढी अंक पाउने आवेदकले क्यानाडामा स्थायी बसोबासका लागि ‘इन्भिटेसन टू एप्लाइ’ (आइटिए) प्राप्त गर्ने व्यवस्था छ ।

 

प्रतिक्रिया