काेराेना संक्रमणबाट वीपीमा सप्तरीकी ७१ वर्षीया वृद्धाको मृत्यु

काठमाडाैं । काेराेना भाइरस (काेभिड १९) संक्रमणबाट वीपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा थप एक जनाकाे मृत्यु भएकाे छ । सप्तरीकाे बाेडे बर्साइन-३ की ७१ वर्षीया वृद्धाको मृत्यु भएको हाे ।

उनी निमाेनियाकी दिर्घराेगी थिइन् । उनीमा मंसिर ४ गते काेराेना देखिएकाे थियाे । काेराेना देखिएपछि उनलाई साेही दिन वीपीकाे काेभिड अस्पतालमा भर्ना गरिएकाे थियाे । उनकाे अस्पताल भर्ना भएकै दिन बेलुकी ८:३० मा मृत्यु भएकाे हाे ।

प्रतिक्रिया