हानका निवर्तमान अध्यक्ष शाक्यको काेराेना संक्रमणबाट मृत्यु

काठमाडाैं । हाेटल संघ नेपाल (हान) का निवर्तमान अध्यक्ष अमरमान शाक्यको काेराेना भाइरस (काेभिड १९) संक्रमणबाट मृत्यु भएको छ । ७० वर्षीय शाक्यकाे उपचारका क्रममा आज (शुक्रबार) बिहान ३ बजे मृत्यु भएकाे हाे ।

हानका अनुसार सोल्टिमोडस्थित अमर होटेलका सञ्चालक समेत रहेका शाक्यलाई दशैंपछि काेराेना पुष्टि भएकाे थियाे । काेराेना देखिएपछि उनलाई ओम अस्पताल भर्ना गरिएको थियो ।

निमोनिया देखिएपछि अस्पतल भर्ना भएका उनकाे उपचारकै क्रममा मृत्यु भएकाे हाे ।

प्रतिक्रिया