देउवाको आग्रह- ‘स्वास्थ्यका मापदण्ड पालना गरेर छठ मनाऔं’

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुक अहिले कोभिड-१९ को महामारीबाट आक्रान्त रहेकाले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना एवं भौतिक दूरी कायम गरेर पर्व मनाउन सबैलाई आग्रह गरेका छन् ।

नेपालको तराई क्षेत्रमा बसोबास गर्ने नेपालीले अति श्रद्धाका साथ सूर्य भगवानको आराधना गरेर मनाइने ‘छठ पर्व’ का अवसरमा सबैमा सुख, शान्ति, समृद्धि र सफलताको शुभकामना व्यक्त गर्दै उनले कोरोना भाइरस सङ्क्रमण रोकथाम र नियन्त्रणमा सरकारको उदासिनताका कारण बढ्दो सङ्क्रमण कम गर्न नागरिक आफैँ पनि सचेत र सजग हुन जरुरी देखिएको बताएका हुन् ।

सबै चाडपर्व सामाजिक सम्बन्ध र सांस्कृतिक सौहाद्रताका धरोहर भएको उल्लेख गर्दै उनले चाडपर्वले सामूहिक भावनालाई अझ विकसित गर्दै, सबैमा एकता र मेलमिलापको आधार खडा गर्न सहयोग पुर्‍याएको बताएका छन् ।

सभापति देउवाले अति श्रद्धाका साथ मनाइने छठ पर्वले सबैको घरपरिवारमा सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै सामाजिक सद्भाव अभिवृद्धि गर्न सबैलाई प्रेरित गर्न सकोस् भन्दै शुभ-कामना व्यक्त गरेका छन् ।

प्रतिक्रिया