विष्फोटक पदार्थ सहित दुई जना पक्राउ

रुपन्देही । बुटवल उपमहानगरपालिका-७ आम्दा लाइनबाट विष्फोटक पदार्थ १ थान सेफ्टीफ्युज र १ थान जिलेटिन सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा जाजरकोट कुसे गाउँपालिका-२ टालेगाउँ घर भएका ४१ वर्षीय पूर्ण बहादुर सिंह र पाल्ला निस्दी गाउँपालिका-१ बस्ने ४१ वर्षीय मिन बहादुर आले रहेका छन् । उनीहरु उपर विष्फोट पदार्थ सम्बन्धि कसुर अन्तर्गत थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

प्रतिक्रिया