तनहूँको दुलेगौडामा ग्लोबल आइएमई बैंकको नयाँ शाखा

काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेडले बिहिबारदेखि तनहूँ जिल्लाको शुक्लागण्डकी नगरपालिका वडा नं. ४ को दुलेगौडामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

नयाँ शाखा सञ्चालनमा आएसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २६३ पुगेको बैंकले जनाएकाे छ ।

ग्लोबल आइएमई बैंकले ७२ वटा जिल्लामा फैलिएको २६३ शाखा सञ्जाल सहित २३८ एटिएम, ४५ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २३१ शाखा रहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि/सम्पर्क कार्यालय मार्फत् आफ्ना २१ लाख भन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया