सवारी दुर्घटनामा परी छुट्टाछुट्टै स्थानमा ५ जनाको मृत्यु

काठमाडौं । धादिङकाे धुनिबेशी नगरपालिका-८ खानिखोलास्थित सडकमा ना६ख ४९४७ नम्बरको ट्रकको ठक्करबाट सोही नगरपालिका-७ बस्ने रितेश तामाङको बुधबार बेलुका घटनास्थलमै मृत्यु भएको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै चितवन, ईच्छाकामना गाउँपालिका-६ चेपाङडाँडास्थित सडकमा ग७प २०२३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बाटोबाट करिब ५० मिटर तल त्रिशुली नदीमा खसेर बुधबार साँझ दुर्घटना हुँदा मोटरसाइकलमा सवार पर्वत कुस्मा नगरपालिका-१४ बस्ने २६ वर्षीय भेष बहादुर क्षेत्रीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक पर्वत कुस्मा नगरपालिका-१४ बस्ने २५ वर्षीय अनिल बिकको सोही अस्पतालमा उपचार भइरहेको छ ।

रोल्पाकाे सुनिलस्मृती गाउँपालिका-८ तल्लोपानीस्थित सडकमा पनि दुर्घटना भएकाे छ । हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ४६ वर्षीय कृष्ण राहु मगरको बुधबार राति मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका उनको प्राथमिक स्वास्थ्य चौकी हुँदै थप उपचारको क्रममा बुटवलतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका अन्य २ जनाको लुम्बिनी सिटी अस्पताल बुटवलमा उपचार भइरहेको छ । दुर्घटनामा संलग्नको खोजी गर्ने क्रममा लु१ज ३०७० नम्बरको जिप चालक र सहचालकलाई प्रहरीले अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ ।

उता कैलालीकाे धनगढी उपमहानगरपालिका-३ पुरुवाल पेट्रोलपम्प नजिक सडकमा ना५ ख ८९३२ नम्बरको बसले भे९ प १५२२ नम्बरको मोटरसाइकललाई बुधबार बेलुका ठक्कर दिँदा मोटरसाइकलमा सवार बर्दिया ठाकुरबाबा नगरपालिका-२ बलादी बस्ने २१ वर्षीया तुल्सी पौडेलको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको नवजीवन अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । घाइते भएका मोटरसाइकल चालक सुर्खेत वीरेन्द्रनगर नगरपालिका-११ बस्ने २१ वर्षीय मदन ढकालको सोही अस्पतालमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उता बाँकेकाे उपमहानगरपालिका-१९ भैयापुरस्थित सडकमा रोकी राखेको भे१ त ९२५३ नम्बरको ट्याक्टरमा खेल्ने क्रममा खसेर सोही उपमहानगरपलिका-१९ भैयापुर बस्ने भिम बहादुर लिम्बुको ४ वर्षीय छोरा तेन्जिह्याङ लिम्बुको बुधबार साँझ मृत्यु
भएको छ । ट्याक्टरबाट खसेर गम्भीर घाइते भएकी उनको नर्सिङ होम नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया