कास्कीमा तीन जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं । कास्कीका विभिन्न ठाउँमा काराेना भाइरस (काेभिड १९) संक्रमणबाट तीन जनाकाे मृत्यु भएकाे छ ।

पोखरास्थित गण्डकी मेडिकल कलेज, फिस्टेल हस्पिटल एण्ड रिसर्च सेन्टर र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक/एक जनाकाे आज (बिहीबार) मृत्यु भएकाे हाे ।

काेराेना संक्रमणबाट मृत्यु हुनेमा पोखरा महानगरपालिका–१७ की ७५ वर्षीया वृद्धा,  पोखरा महानगरपालिका–९ की ८३ वर्षीया वृद्धा र बागलुङको बेशीसहर नगरपालिका–५ का ७१ वर्षीय कोरोना संक्रमित पुरूष रहेका छन् ।

उनीहरू तीनै जनामा काेराेनाकाे लक्षण देखिएकाे थियाे ।

प्रतिक्रिया