कैलालीमा बृहत् मोटरसाईकल र्याली, संवैधानिक राजतन्त्र स्थापनाको माग
२०७७ मंसिर ४ गते

धनगढी । सुदूरपश्चिम स्वतन्त्र देशभक्त समाजले कैलालीमा बृहत् माेटरसाइकल र्याली गरेकाे छ । हिन्दु राष्ट्र पुनर्स्थापना तथा संवैधानिक राजतन्त्र स्थापनाको माग गर्दै देशभक्त समाजका युवाहरूले कैलालीमा बृहत् माेटरसाइकल र्याली गरेका हुन् ।
धनगढीबाट सुरू भएकाे र्याली कैलालीकै अत्तरिया हुँदै पुनः धनगढी पुगेर कोण सभामा परिणत भएकाे थियाे ।
र्यालीमा सयौँ युवा तथा समर्थकको सहभागिता रहेको छ । हिन्दु राष्ट्र पुनर्स्थापना, संघीयताको खारेजी र संवैधानिक राजतन्त्रको स्थापनाको मागसहित बृहत प्रदर्शन गरिएको संयोजक रवीन्द्र कार्कीले जानकारी दिए ।
२०७७ मंसिर ४ गते
प्रतिक्रिया
सम्बन्धित








