ट्राफिक नियम मिच्ने सवारी साधनबाट ८० लाख बढी जरिवाना असुल

चितवन । चालु आर्थिक बर्ष २०७७/७८ को कार्तिक मसान्तसम्ममा ट्राफिक नियम मिच्ने ९ हजार ९५० वटा सवारी साधनलाई कारवाही गरी ८० लाख १८ हजार रुपैयाँ जरिवाना असुल गरिएको छ ।

तीव्र गतिका ४४८ वटा, सिट क्षमता भन्दा बढी यात्रु चढाउने ४४६ वटा, मादक पदार्थ सेवन गरेर सवारी चलाउने सय वटा, लाइसेन्स साथमा नभएका ६६७ वटा र रुट परमिट नभएको २७२ वटा सवारीलाई कारबाही गरिएको ट्राफिक कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया