रिलायन्सले व्यतित बीमालेखको विलम्ब शुल्कमा शत प्रतिशत छुट दिने

काठमाडौं । रिलायन्स लाइफले व्यतित बीमालेखको विलम्ब शुल्कमा शत प्रतिशत छुट दिने भएको छ ।

कम्पनीको तेस्रो वार्षिकोत्सवको अवसर तथा कोभिड–१९ को विषम परिस्थितिले समस्त अर्थतन्त्र र ग्राहक बर्गमा पर्न गएको नकारात्मक आर्थिक प्रभावलाई मध्यनजर गरी आफ्ना ग्राहकका व्यतित सबै बीमालेख २०७७ साल मंसिर महिनाभित्र ग्राहकले पुनर्जागरण गरेमा सोमा लाग्ने विलम्ब शुल्कमा शत प्रतिशत छुट प्रदान गर्ने भएको हो ।

सो को फाईदा आफ्ना ग्राहकले यस विषम परिस्थितिमा पूर्ण रुपमा लिनेछन् भन्ने कम्पनीको विस्वास रहेको छ ।

प्रतिक्रिया