खानिखोलामा ट्रकको ठक्करबाट बालकको मृत्यु, स्थानीय द्धारा सडक अवरुद्ध

धादिङ । धादिङको धुनिवेशीमा सडक दुर्घटनामा एक बालकको ज्यान गएको छ ।

धुनिवेशीमा नगरपालिका वडा नं. ८ खानिखोला स्थित त्रिभुवन राजपथ काठमाडौंबाट चितवनतर्फ आउँदै गरेको ट्रकले ठक्कर दिँदा घटना स्थलमै बालकको ज्यान गएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रमुख प्रहरी निरीक्षक सुर्दशन जोशीले काठमाडौंबाट चितवनतर्फ आउदै गरेको ना ६ ख ४९४७ नं.को खालि ट्रकले पैदल यात्रि हाल सम्म वतन नखुलेको अन्दाजी बर्ष ६ को रितेश तामाङलाई ठक्कर दिँदा निजको घटना स्थलमा नै मृत्यु भएको बताए ।

प्रहरी निरीक्षक जोशीका अनुसार चालक मकवानपुर हेटौडा उमनपा १२ वस्ने वर्ष ३८ को उमेश मैनाली इप्रका खानिखोलाको नियन्त्रणमा रहेका छन् ।

स्थानीयहरूले यति खेर धुनिवशी खानिखोला स्थित त्रिभुवन राजपथमा काठमाडौं आउने र बाहिरिने नाकामा सवारी अवरुद्ध गरेर बसेका छन् ।

प्रतिक्रिया