नेसन्स लिग : जर्मनीमाथि स्पेनको आधा दर्जन गोल

काठमाडौँ । युइएफ नेसन्स लिग अन्तर्गत स्पेनले जर्मनीमाथि शानदार जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा स्पेनले जर्मनीलाई ६-० गोलले पराजित गरेको हो ।

स्पेनको जितमा फेरान टोरेजले ह्याट्रिक गरेका थिए भने रोड्री, अल्भारो मोराटा र मिकेल ओयारजाबालले एक एक गोल गरेका थिए ।पछिल्लो १४ बर्षमा २०१४ को विश्वकप विजेता जर्मनीको यो सबैभन्दा नराम्रो हारको रुपमा लिइएको छ ।

स्पेनले सर्जियो रामोस र सर्जियो कनालेस बिना उत्कृष्ट प्रदर्शन गरेको थियो । यो जितसँगै स्पेनले नेसन्स लिगको फाइनल्समा आफ्नो स्थान सुरक्षित गरेको छ । स्पेन समुह चार बाट ६ खेलमा ११ अंक बनाउदै पहिलो हुदै फाइनल्समा पुगेको हो ।

प्रतिक्रिया