मेलम्चीबाट एकैदिन २६ जुवाडे पक्राउ

काठमाडाैं । जिल्ला स्थित ईलाका प्रहरी कार्यालय मेलम्ची सिन्धुपाल्चोकले एक दिन विभिन्न स्थानबाट नगद सहित २६ जुवाडे पक्राउ गरेको छ । सिन्धुपाल्चोक मेलम्ची नगरपालिकाका विभिन्न स्थानमा जुवा खेलिरहेका अवस्थामा उनिहरूलाई पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले मेलम्ची नपा वडा नम्बर ८ केउरेनीमा चुलनाथ गिरीको घरमा अवैध रूपमा जुवा कौडा खेलिरहेको अवस्थामा ६ जना लाई १६ थान कौडा सहित नगद १ लाख ४ हजार ५ सय पैंतालीस नगद बरामद गरिएको बताए ।

त्यस्तै प्रहरी निरिक्षक तामाङका अनुसार वडा नम्बर ५ सिन्धुकोट मा रहेको हरि भन्ने लोकबहादुर रायमाझीको घरमा कौडा खेलाईरहेको अवस्थामा नगद ३ लाख तेईस हजार ३ सय पैंतालीस नगद सहित २० जना पक्राउ परेका छन् ।

उक्त जुवा घर वाट प्रहरी १६ थान कौडा, ५ बुक तास समेत बरामद गरेको छ । पक्राउ परेका २६ जना विरुद्ध जुवा ऐन अन्तर्गत अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया