मनोज गजुरेलले जिते कोरोना, अस्पतालबाट फर्किए घर

काठमाडौं । हाँस्य कलाकार मनोज गजुरेल कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमित भएर आइसियुमा पुगेका गजुरेल ११ दिनको अस्पताल बसाइपछि डिस्चार्ज भएका हुन् ।

कोरोना संक्रमित भएर स्वास्थ्यमा समस्या आएपछि गजुरेल बलम्बुस्थित एपीएफ कोभिड विशेष अस्पतालमा भर्ना भएका थिए । ‘११ दिनको अस्पताल बसाइपछि घर फर्किएर आराम गरिरहेको छु’, गजुरेलले सामाजिक सञ्जालमार्फत भने- ‘कोभिड-१९ का सबै रिपोर्ट नेगेटिभ आएका छन् । केही दिनमा पूर्ण स्वस्थ भएर काममा फर्कने छु ।’उनले उपचार सेवा प्रदान गर्ने बलम्बिुस्थित एपीएफ अस्पताल, परिवारका सदस्यका साथै शुभचिन्तकहरुलाई धन्यवाद दिएका छन् ।

प्रतिक्रिया