फ्रान्ससँग पोर्चुगलको हार, उपाधि होडबाट बाहिरियो !

काठमाडौँ । युइएफए नेसन्स लिग अन्तर्गत फ्रान्सले पोर्चुगललाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा फ्रान्सले पोर्चुगलमाथि १-० गोल अन्तरले जित हासिल गरेको हो ।

फ्रान्सको जितमा एनगोलो कान्टेले खेलको एक मात्र गोल गरेका थिए । कान्टेले खेलको ५३औ मिनेटमा गोल गरेका थिए । यो जितसँगै फ्रान्स नेसन्स लिगको फाइनल्समा प्रवेश गरेको छ । फ्रान्स ५ खेलमा १३ अंक हासिल गर्दै समुह विजेता हुदै फाइनल्समा पुगेको हो ।

नेसन्स लिगको पहिलो सिजनको डिफेन्डिङ च्याम्पियन पोर्चुगल यो हारसँगै दोस्रो सिजनमा फाइनल्समा पुग्न असफल भएको छ । फाइनल्समा चार समुहका समूह विजेता पुग्ने गर्दछन र सेमिफाइनल र फाइनल खेल्ने छन् । यद्यपी समूह चरणमा फ्रान्सले आगामी बुधबार स्विडेनसँग खेल्न बाँकी रहेको छ भने पोर्चुगलले क्रोसियासँग खेल्ने छ ।

प्रतिक्रिया