पछिल्लो कोरोना अपडेट : थप १,९४६ जनामा संक्रमण, २,५०३ जना मुक्त
२०७७ कार्तिक २९ गते

सांकेतिक तस्वीर। मकालु खबर।
कठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ९ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यससँगै हालसम्म मुलुकमा २,०८,२९९ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार आज २ हजार ५ सय ०३ जना कोरोना संक्रमित निको भएका छन् । यससँगै हालसम्म १,७०,६३२ जना संक्रमित निको भएको मन्त्रालयले जनाएको छ ।
हाल १,०५७ जना क्वारेन्टिनमा रहेका छन् भने ३६,४५२ जना सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् ।
२०७७ कार्तिक २९ गते
प्रतिक्रिया
सम्बन्धित









