प्रधानमन्त्रीद्वारा महाकविप्रति श्रद्धाञ्जलि अर्पण

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले महाकवि लक्ष्मीप्रसाद देवकोटाप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् ।

प्रधानमन्त्रीले देवकोटाको १११औं जन्मजयन्तीको अवसरमा शनिबार (आज) आफ्नो ट्वीटर ह्याण्डलमार्फत् श्रद्धाञ्जलि अर्पण गरेका हुन् ।

प्रधानमन्त्रीले समस्त साहित्य साधक, साहित्य अनुरागी एवम् विश्वभर छरिएर रहेका नेपालीभाषीमा शुभकामनासमेत व्यक्त गरेका छन् ।

आज स्वदेश तथा विदेशमा रहेका नेपालीहरुले महाकवी देवकोटालाई सम्झँदै १११औं जन्मजयन्ती मनाउँदै छन् ।

प्रतिक्रिया