जनकपुरमा श्रीमतीमाथि एसिड प्रहार गर्ने श्रीमान् पक्राउ, अनुसन्धान शुरु

काठमाडौं । जनकपुरमा आफ्नै श्रीमान्ले श्रीमातीमाथि एसिड प्रहार गरेका छन् । जनकपुरधाम उपमहानगरपालिका ७ जानकी नगरका सुबोध साहकी २६ वर्षीया छोरी आरती साहमाथि शनिबार (आज) आफ्नै श्रीमान्ले एसिड प्रहार गरेको जिल्ला प्रशासन कार्यालय, धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले मकालु खबरलाई जानकारी दिए ।

अधिकारी भट्टराईका अनुसार श्रीमान्ले रिसको झोकमा एसिड हानेको हुनसक्ने प्रहरीले आकलन गरेको छ । अधिकारी भट्टराईले भनेका छन्–‘आज बिहान साढे ९ बजेतिरको घटना हो । रिसका कारण घटना घटेको होकि भन्ने प्रहरीको आकलन छ ।’ यस्तै अधिकारी भट्टराईले आरतीको श्रीमान् पक्राउ परिसकेका पनि जानकारी दिए । उनका अनुसार पक्राउ परेका उनीमाथि अनुसन्धान अगाडि बढाइएको छ ।

एसिड प्रहारबाट छाती र अनुहार जलेको आरतीलाई अहिले जनकपुरको जानकी हेल्थ केयरमा भर्ना गरिएको प्रहरीले जनाएको छ । जनकपुरको देवपुरा रुपैठा घर भएकी आरती माइती घरमै बसेको बेला एसिड प्रहार भएको स्थानीयले बताएका छन्

प्रतिक्रिया