सिटिजन्स बैंकले मुनाफाको ११ प्रतिशत लाभांश दिँदै

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले चौधौं वार्षिक साधारण मंसिर २० गते गर्ने भएको छ । आज बसेको सञ्चालक समितिको ३४७ औं बैठकले कोभिड–१९ का कारण पर्नसक्ने सम्भावित असरलाई मध्यनजर गर्दै डिजिटल प्लाटफर्म मार्फत चौधौं वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो ।

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ११ प्रतिशत लाभांश दिने भएको छ । सञ्चालक समितिबाट प्रस्ताव गरे अनुसार ८ प्रतिशतका दरले हुन आउने रु. ७२,७१,८५,३८३.१८ बराबरको बोनस शेयर वितरण गर्ने छ ।

यसका साथै ३ प्रतिशतका दरले हुन आउने रु.२७,२६,९४,५१८.६९ बराबरको नगद लाभांश (लाभांश कर समेत) बैंकको वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुलाई वितरण गरिने बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया