शुक्रबार थप २,१११ जनामा कोरोना पुष्टि, ३,५३७ जना डिस्चार्ज हुँदा १३ को मृत्यु

काठमाडौं । आज (शुक्रबार) कोरोना संक्रमित हुनेको भन्दा निको हुनेको संख्या बढी छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २,१११ जनामा काेराेना पुष्टि हुँदा ३,५३७ जना डिस्चार्ज भएका छन् ।

यस्तै आज मृतक संख्या पनि घटेकाे छ । थप १३ जनाकाे मृत्यु भएसँगै कुल मृतक संख्या १ हजार २०२ पुगेकाे छ ।

आज ९८६ जना क्वारेन्टिनमा छन् भने ३७ हजार २२ जना सक्रिय संक्रमित छन् । याेसँगै नेपालमा काेराेना संक्रमितकाे कुल संख्या २ लाख ६ हजार ३५३ पुगेकाे छ । संक्रमितमध्ये १ लाख ६८ हजार १२९ जना निकाे भइसकेका छन् ।

प्रतिक्रिया