सिटिजन्स बैंकको मोबाइल बैकिङ्ग मार्फत तिहारमा दक्षिणा पठाउँदा १ सय क्यासब्याक

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले “यो तिहार, सिटिजन्स डिजिटल कारोवारमा क्यासब्याकको बहार” योजना सार्वजनिक गरेको छ । बैंकका ग्राहकहरुले मोबाइल बैकिङ्ग मार्फत तिहारमा पैसा पठाउँदा रु १०० क्यासब्याक प्राप्त गर्नेछन् । बैंकका मोबाइल बैकिङ्ग प्रयोगकर्ताहरुले कात्तिक २९ देखि मंसिर १ गतेसम्म तिन पटक गरी रु २,००० भन्दा बढी रकम मोबाइल बैकिङ्ग मार्फत रकमान्तर गरेमा सो क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।

यसरी पैसा पठाउँदा विवरणमा भने “ सिटिजन्स तिहार” भनी खुलाउनपर्ने छ । तिहारमा खेलिने देउसीभैलोको दक्षिणा तथा दिदिबहिनिलाई भाईटिकाको दक्षिणा दिन सहज होस् भन्ने उद्देश्यका साथ बैंकले यो क्यासब्याक योजना सार्वजनिक गरेको हो । यसका साथै तिहारलाई लक्षित गरि बैंकले डिजिटल सहायता केन्द्रको समेत ब्यवस्था गरेको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १ सय ११ वटा शाखा, ९९ वटा एटीएम, १ सय ४ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव साढे ६ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया