कोरोनाको कहरमा अधिकांश बाणिज्य बैंकको नाफा घट्यो, कुन बैंकको नाफा\घाटा कति ?

काठमाडौं । कोरोनाको कारणले अधिकांश बाणिज्य बैंकहरुको नाफामा प्रभाव परेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका धेरै बाणिज्य बैंकहरुको नाफामा कोरोनाको असर देखिएको हो ।

करिब ७ महिला लामो लकडाउनको कारणले पुराना उद्योग सञ्चालन नहुनु र नयाँ उद्योग र व्यापार स्थापना हुन नसकेको कारणले बाणिज्य बैंकको नाफा घटेको हो ।

कुन बैंकको नाफा\घाटा कति ?

राष्ट्रिय बाणिज्य बैंक

सरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंकले पहिलो त्रैमासमा ८२ करोड नाफा कमाएको छ । आवको सोही समयमा १ अर्ब १२ करोड रुपैयाँ नाफा कमाएको थियो । सो बैंकको वितरणयोग्य मुनाफा भने ४३ करोड रुपैयाँ छ ।

एनआइसी एसिया बैंक

एनआइसी एसिया बैंकले भने, पहिलो ३ महिनामा नाफा वृद्धि गरेको छ । बैंकको नाफा १ अर्ब २ करोड छ । बैंकले गत आवको सोही अवधीमा १ अर्ब मात्रै नाफा आर्जन गरेको थियो । यो बैंकको वितरणयोग्य नाफा ४ करोड रुपैयाँ मात्रै छ ।

माछापुच्छ्रे बैंक

माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३६ करोेड रुपैयाँ नाफा आर्जन गरेको छ । गत आवको सोही अवधीमा ३७ करोेड रुपैयाँ नाफा थियो । बैंकको वितरणयोग्य नाफा ६ करोड रुपैयाँ छ ।

ग्लोबल आइएमई बैंक

ग्लोबल आइएमको बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक विवरण अनुसार १ अर्ब ५ करोड रुपैयाँ नाफा छ । अघिल्लो आवमा बैंकले ७५ करोड मात्र नाफा कमाएको थियो । बैंकको वितरण योग्य नाफा २२ करोड रुपैयाँ रहेको छ ।

एभरेष्ट बैंक

एभरेष्ट बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक ३३ करोड नाफा कमाएको छ । गत आवको सोही अवधीमा बैंकको नाफा ६९ करोड थियो । बैंकको वितरणयोग्य नाफा १३ करोड रुपैयाँ रहेको छ ।

कुमारी बैंक

कुमारी बैंकले पनि नाफा वृद्धि गरेको छ । सो बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा ६० करोड नाफा गरेको छ । गत आवको सोही अवधीमा बैंकको नाफा ४० करोड रुपैयाँ मात्रै थियो । बैंकको वितरण योग्य नाफा भने २५ करोड छ ।

प्राइम बैंक

प्राइम बैंकले चालु आवको पहिलो त्रैमासमा १ अर्ब १ करोड रुपैयाँ नाफा कमाएको छ । गत आवको सोही अवधीमा बैंकको नाफा ६५ करोड रुपैयाँ मात्रै थियो ।

नेपाल बैंक

नेपाल बैंकले चालु आवको पहिलो त्रैमास ५५ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । गत आवको सोही अवधीमा बैंकको नाफा ५८ करोड थियो । बैंकको वितरण योग्य नाफा भने १९ करोड रुपैयाँ छ ।

सिटिजन्स बैंक

सिटिजन्स इन्टरनेशनल बैंकले चालु आवको तीन महिनामा ५१ करोड रुपैयाँ नाफा कमाएको छ । गत आवको सोही अवधीमा बैंकको नाफा ३४ करोड रुपैयाँ मात्रै थियो । वितरणयोग्य नाफा भने ९२ लाख रुपैयाँ मात्रै छ ।

प्रभु बैंक

प्रभु बैंकले चालु आवको पहिलो त्रैमासिक नाफा वृद्धि गरेको छ । बैंकले चालु आवको पहिलो त्रैमासमा ८५ करोड नाफा कमाएको छ । गत आव सो बैंकको सोही अवधीमा ६२ करोड नाफा आर्जन गरेको थियो । यसको वितरणयोग्य नाफा भने १७ करोड रुपैयाँ छ ।

मेगा बैंक

मेगा बैंकले चालु आवको तीन महिनामा नाफा वृद्धि गरेको छ । यो बैंकको नाफा बढेर ६० करोड पुगेको छ । गत आवको सोही अवधीमा बैंकले ४३ करोड रुपैयाँ मुनाफा आर्जन गरेको थियो । यसको वितरणयोग्य नाफा भने ५ करोड रुपैयाँ मात्रै छ ।

हिमालयन बैंक

हिमालयन बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३६ करोड रुपैयाँ मात्रै नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधीमा बैंकको नाफा ६९ करोड रुपैयाँ थियो । हिमालयन बैंकको वितरणयोग्य नाफा जम्मा ६२ लाख रुपैयाँ मात्रै छ ।

स्ट्याण्डर्ड चाटर्ड बैंक

स्ट्याण्डर्ड चाटर्ड बैंकको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नाफा घटेको छ । २०७६ असोज मसान्त सम्ममा ६४ करोड ४१ लाख नाफा कमाएको स्ट्याण्डर्ड चाटर्ड बैंकले यसपाली भने जम्मा ४० करोड १३ लाख रुपैयाँ मात्रै नाफा गरेको छ । यो बैंकको वितरणयोग्य नाफा ३८ करोड ८८ लाख रुपैयाँ रहेको छ ।

कृषि विकास बैंक

कृषि विकास बैंकले पहिलो ४६ करोड १४ लाख नाफा कमाएको छ । उक्त नाफा चालू आर्थिक वर्षको त्रैमासमा कमाएको हो । गत आर्थिक वर्षको सोही समयमा बैंकले ५९ करोड ९० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । बैंकको वितरणयोग्य नाफा २२ लाख रुपैयाँ मात्रै छ ।

नेपाल बंगलादेश बैंक

नेपाल बंगलादेश बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक विवरण अनुसार ५७ करोड ११ लाख नाफा छ । यो बैंकले गत आवको सोही समयमा जम्मा ४० करोड २५ लाख रुपैयाँ कमाएको थियो । नेपाल बंगलादेश बैंकको वितरणयोग्य मुनाफा ५ करोड ८९ लाख रुपैयाँ मात्रै छ ।

सनराइज बैंक

सनराइज बैंकको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक नाफामा कोरोनाले प्रभाव देखिएको छ । बैंकले चालु आवको पहिलो त्रैमासिकमा ३८ करोड रुपैयाँ मात्र नाफा गरेको छ । गत आवको सोही अवधीमा बैंकको नाफा ४५ करोड रुपैयाँ थियो । बैंकको वितरणयोग्य नाफा २४ करोड रुपैयाँले ऋणात्मक रहेको छ ।

सेञ्चुरी कमर्सियल बैंक

सेञ्चुरी कमर्सियल बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा २२ करोड रुपैयाँ कमाएको छ । सो बैंकले गत आवको पहिलो त्रैमासमा ३७ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो । कोरोनाका कारण सेञ्चुरीको वितरणयोग्य नाफा ११ करोड रुपैयाँ ऋणात्मक रहेको छ ।

नेपाल एसबिआई बैंक

नेपाल एसबिआई बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक विवरण अनुसार २० करोड नाफा गरेको छ । गत आवको सोही समयमा बैंकको नाफा ४३ करोड थियो । बैंकको वितरणयोग्य नाफा भने २ करोड रुपैयाँ मात्र रहेको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंक

नेपाल इन्भेष्टमेन्ट बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ६२ करोड नाफा गरेको छ । सो बैंकले गत आवको सोही अवधीमा ८४ करोड रुपैयाँ थियो । वितरणयोग्य नाफा भने २० करोड रहेको छ ।

सिद्धार्थ बैंक

सिद्धार्थ बैंकले चालु आर्थिक वर्षको पहिलो ३ महिनामा ५० करोड नाफा कमाएको छ । यसअघि सोही समयमा बैंकको नाफा ५२ करोड रुपैयाँ थियो । बैंकको वितरणयोग्य नाफा भने ४८ करोड रुपैयाँले ऋणात्मक छ ।

एनएमबि बैंक

एनएमबि बैंकले कोरोना त्रासमा पनि नाफा वृद्धि गर्न सफल भएको छ । बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ७३ करोड नाफा कमाएको छ । अघिल्लो आवको सोही समयमा बैंकको नाफा २७ करोड मात्रै थियो । बैंकको वितरणयोग्य नाफा ५१ करोड रुपैयाँ छ ।

एनसीसी बैंक

एनसीसी बैंकले पहिलो ३ महिनामा ३३ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । यो बैंकले गत आवको सोही अवधीमा ३४ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो । एनसीसीको वितरणयोग्य नाफा १२ करोड रुपैयाँ रहेको छ ।

लक्ष्मी बैंक

लक्ष्मी बैंकले पहिलो ३ महिनामा ३१ करोड नाफा कमाएको छ । यो बैंकले गत आवको सोही अवधीमा ४० करोड रुपैयाँ नाफा कमाएको थियो । बैंकको वितरणयोग्य नाफा ३ करोड रुपैयाँ मात्रै छ ।

प्रतिक्रिया