एक नम्बर प्रदेशमा ढकाल समूहको चुनावी सभा, ५२ जिल्ला तथा नगर अध्यक्षहरुको समर्थन

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनको क्रममा देश दौडाहामा रहेका वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालको टीमलाई १ नम्बर प्रदेशका ५२ ओटा जिल्ला नगरका अध्यक्षहरुले समर्थन गरेका छन् ।

ढकाल प्यानललाई १ नम्बर प्रदेशको आयोजनामा आयोजित स्वागत कार्यक्रममा विभिन्न जिल्लाबाट उपस्थित जिल्ला तथा नगर अध्यक्षहरुले उपस्थित भएर समर्थन गरेका हुन् ।

सो कार्यक्रममा १ नम्बर प्रदेशका १७ जिल्ला तथा नगरका अध्यक्षहरुले उपस्थित भएर स्वागत गरेका थिए भने अन्य जिल्ला तथा नगर अध्यक्षहरुले स्वास्थ्य समस्याका कारण उपस्थित हुन नसकेको जानकारी गराउँदै समर्थनसहितको शुभकामना पठाएका थिए ।

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर १ अन्तर्गत सम्पूर्ण जिल्ला नगर उद्योग वाणिज्य संघको आयोजनामा धनकुटाको भेडेटारमा आयोजना गरेको सो कार्यक्रम बिहीबार र शुक्रबार गरी २ दिनसम्म चल्ने छ ।

उक्त कार्यक्रममा विभिन्न जिल्ला नगरका अध्यक्ष, वस्तुगततर्फका अध्यक्ष तथा एशोसिएट्स सदस्य गरी १ सयभन्दा बढी उद्योगी व्यवसायीहरुको सहभागिता रहेको आयोजकले जानकारी दिएको छ ।

प्रतिक्रिया