ओपोद्वारा नोभेम्बर १७ मा ओपो ईन्नो डे २०२० को आयोजना गर्ने घोषणा

शन्चन । ओपोले आफ्नो वार्षिक ओपो ईन्नो डे यही नोभेम्बर महिनाको २७ तारिखका दिन चीनको शन्चनमा ‘लिप ईन्टू द फ्यूचर’ अवधारणाका साथमा आयोजना गर्ने घोषणा गरेको छ । कार्यक्रमले इन्टरनेट अफ एक्स्पेरियन्सको यो युगमा ओपोका अग्रगामी सोच र सफलताहरू प्रस्तुत गर्ने जानकारी दिइएको छ ।

ओपोका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत टोनी चनका साथै ओपोका उपाध्यक्ष तथा ओपो रिचर्स ईन्स्टिच्यूटकाप्रमुख लेभिन ल्यूले समेत कार्यक्रममा किनोट प्रस्तुति दिनेछन् । किनोट मार्फत दुवैले नयाँ युगका लागि कम्पनीका प्राविधिक भिजन र बिजनेस फिलोसोफीबारे जानकारी दिँदै तीन नयाँ अवधारणा उत्पादन (कन्सेप्ट प्रडक्ट्स)पनि सार्वजनिक गर्नेछन् ।

सन् २०१९ मा पहिलो पटक आयोजित ओपो ईन्नो डे कम्पनीका लागि आफ्ना प्रमुख प्राविधिक अन्तर्दृष्टि प्रस्तुत गर्नुका साथै, भविष्यका प्राविधिक सम्भावना अन्वेषणका लागि समेत एक प्रमुख कार्यक्रमका रूपमा रहँदै आएको छ ।

पछिल्लो वर्ष ओपोले ईनटेलिजेन्ट कनेक्टिभिटीको अवधारणा अघि सारेको थियो । यस वर्ष सो अवधारणालाई परिष्कृत गर्दै इन्टरनेट अफ एक्स्पेरियन्सका रूपमा प्रस्तुत गर्ने ओपोको उद्देश्य रहेको छ । ईन्टेलिजेन्ट कनेक्टिभिटी जग मात्र भएको र साधारण जडान भन्दा बृहत्तर वस्तुहरूको अभिसरण (कम्भर्जेन्स अफ थिंग्स) अर्थात्, ईन्टरनेट अफ एक्स्पेरियन्स भविष्य हुन ओपोको विश्वास छ ।

स्मार्टवाट्च, फाइभजी सीपीई र एआर ग्लासेज लगायत विभिन्न ग्याजेटहरुको प्रदर्शनी फ्ल्याश चार्जिङ, फाइभजी, ईमेजिङ र सफ्टवेयर अनुकूलन लगायत क्षेत्रमा रोमाञ्चक नवपवर्तनात्मक सफलताका साथ प्रदर्शनीमा आइसकेका छन् । यस वर्ष थप नव प्रवर्तनात्मक प्रविधिहरू प्रदर्शित गरिने कम्पनीले जानकारी दिएको छ ।

प्रदर्शित हुने तयारीमा रहेका रोमाञ्चक नवप्रवर्तनहरु नजिकबाट नियाल्नका लागि तथा ब्राण्डका साथमा भविष्यतिर अग्रसर हुनका लागि ओपासँग नोभेम्बर १७ मा जोडिनु होस् । ओपो ईन्नो डे २०२० बारे थप जानकारीका लागि तल दिइएको लिंकको प्रयोग गर्नु होस् ।

प्रतिक्रिया