बिहे गरेर माइतीघरमा बस्दै आएकी १७ वर्षीया अमृता उतै मारिइन्

काठमाडौं । रौतहटको माधवनारायण नगरपालिका वडा नं. ७ मा १७ वर्षीया युवतीको गोली हानी हत्या गरिएको छ ।
नगरपालिकाको वडा नं. ७ लौकाहास्थित रामअयोध्या साहकी छोरी अमृता कुमारी साहको गोली हानी हत्या गरिएको माधवनारायण नगरपालिकाका प्रमुख वीरेन्द्र प्रसाद यादवले मकालु खबरलाई जानकारी दिए ।

गएराति सुतिरहेको अवस्थामा उनको दायाँ कन्चटमा गोली हानी हत्या गरिएको र घटनास्थलमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाबारे जानकारी पाएपछि घटनास्थल पुगेको प्रहरीले पे्रम प्रसङ्गका कारण घटना घटेको हुन सक्ने अनुमान गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी भरत श्रेष्ठका अनुसार घटनामा संलग्नको पहिचान भइसकेको छ भने अनुसन्धान अघि बढाइसकिएको छ ।

मृतक साहले विसं २०७६ फागुन २५ गते सर्लाही विष्णुपुर गाउँपालिकाको मधुवनगोठका रुपेश साहसँग मागी बिहे गरी माइतीघरमा बस्दै आएकी थिइन् ।

प्रतिक्रिया