शुक्रबार दिउँसो बस्ने भयो नेकपा सचिवालय बैठक
२०७७ कार्तिक २७ गते

फाेटाे फाइल
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक भोलि दिउँसो बस्ने भएको छ । अध्यक्षद्वयसँगको परामर्शमा बैठक भोलि दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तय गरेको विदेश विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।
अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी महासचिव विष्णु पौडेललाई सचिवालय बैठकको मिति तय गर्ने जिम्मा दिएका थिए । पार्टीमा विवाद बढ्दै गएपछि सचिवालय बैठकको माग उठ्दै आएको थियो । तर प्रधानमन्त्री ओलीले बैठक बोलाउन मानेका थिएनन् ।
नेकपामा भदौ २६ को स्थायी कमिटी बैठकका निर्णय कार्यान्वयन नभएको विषयलाई लिएर विवाद चर्केको छ । त्यसबाहेक अन्य नयाँ विवाद पनि थपिएका छन् ।
२०७७ कार्तिक २७ गते
प्रतिक्रिया
सम्बन्धित









