नेपालमा काेराेना संक्रमित संख्या २ लाख नाघ्याे, बुधबार मात्रै २,५६९ संक्रमित थपिए

काठमाडाैं । पछिल्लाे २४ घण्टामा देशभर २ हजार ५६९ संक्रमित थपिएका छन् । यस्तै आज (बुधबार) थप १ हजार ६६६ जना निकाे भएर घर फर्किएका छन् भने थप २६ जनाकाे मृत्यु भएकाे छ ।

आज क्वारेन्टिनमा १ हजार १०९ जना रहेका छन् भने ३८ हजार ९१२ सक्रिय संक्रमित रहेका छन् ।

याेसँगै काेराेना संक्रमितकाे कुल संख्या २ लाख २ हजार ३२९ पुगेकाे छ । संक्रमितमध्ये १ लाख ६२ हजार २४३ जना निकाे भइसकेका छन् । मृतक संख्या १ हजार १७४ पुगेकाे छ ।

प्रतिक्रिया