बामदेवकाे मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश, मन्त्री बन्ने बाटाे खुल्याे !

काठमाडाैं । सत्तारुढ नेकपाका उपाध्यक्ष तथा राष्ट्रिय सभा सांसद बामदेव गौतमको नियुक्ति बदरको माग गर्दै सर्वाेच्चमा    दायर भएकाे रिटमा अन्तरिम आदेश नहुने भएको छ ।

सर्वोच्च अदालतको संवैधानिक इजलाशले उक्त रिटमा अन्तरिम  आदेश दिन अस्वीकार गरेको हो । याेसँगै बामदेव मन्त्री हुने बाटाे खुलेकाे छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले गत १२ असोजमा गौतमलाई राष्ट्रिय सभा सदस्य मनोनित गर्ने निर्णय बदर र मन्त्री नबनाउन माग गर्दै सर्वाेच्चमा रिट दायर गरेका थिए ।

सर्वोच्चले गौतमको राष्ट्रिय सभा सदस्य पद यथास्थितिमा राख्न र कुनै संवैधानिक जिम्मेवारी नदिन अन्तरिम आदेश जारी गरेको थियो । पछिल्लो निर्वाचनमा प्रतिनिधि सभा सदस्यमा बर्दियाबाट पराजित गौतमलाई सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभा सदस्य मनोनित गरेकी थिइन् ।

प्रतिक्रिया