साढे ११ लाखसहित १४ जना जुवाडे पक्राउ

लमजुङ । लमजुङमा प्रहरीले जुवा तास खेल्नेहरूलाई साढे ११ लाख रुपियाँसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा १४ जना रहेका छन् ।

लमजुङको मध्यनेपाल नगरपालिका-१ सरेदीमा रहेको एक कृषि फर्मबाट ती जुवाडे र नगद बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरू लमजुङका अतिरिक्त तनहुँ, कास्की र गोरखा जिल्लाका रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मध्यनेपाल नगरपालिका- १ सरेदीमा सुदिप थापाले सञ्चालन गरेको कृषि फर्ममा हारजितको बाजी राखि जुवा तास खेलाएको छ भन्ने बिशेष सूचना(सुराकी)को आधारमा यस कार्यालयबाट कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता ओमप्रकाश पुनले बताए ।

फर्मलाई प्रहरीले घेराबन्दी गरी जुवा तास खेल्ने निम्न स्थानमा फेला परेका जुवाडे मानिसहरूलाई नियन्त्रणमा लिई नियमानुसार खानतलासी गर्ने क्रममा जुवाको खालबाट नगद ११ लाख ४७ हजार ८४२ रुपियाँसहित सिल प्याक तास ३ गड्डी र खुल्ला तास ३१५ पत्ति बरामद गरिएको छ ।

प्रतिक्रिया