मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

एनसेलको नयाँ एनसेल सेन्टर भैरहवामा

काठमाडौँ । एनसेल आजियाटा लिमिटेडले आफ्नो ग्राहक सेवालाई थप सहज तथा परिष्कृत बनाउँदै भैरहवामा सुविधा सम्पन्न एनसेल सेन्टर सञ्चालनमा ल्याएको छ ।

कोरोना महामारीका बेलामा सरकारद्वारा निर्धारित स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड पालना गर्दै यो सेन्टर सञ्चालनमा ल्याइएको हो ।

भैरहवाको मिलन चोक–५ स्थित कोइराला कम्प्लेक्समा रहेको यस एनसेल सेन्टरले ग्राहकलाई एकै स्थानबाट सम्पूर्ण ग्राहक सेवा प्रदान गर्दछ । एनसेल सेन्टरबाट ग्राहकले एनसेलका सेवा तथा सुविधाहरूका बारेमा सोधपुछ गर्न, सिम खरिद गर्न, इन्टरनेट सेटिङ्गको जानकारी लगायत विभिन्न कर्पोरेट सेवाहरू समेत लिन सक्छन् ।

यसै गरी ग्राहकहरूले यस सेन्टरबाट आफ्नो सिम फोरजीमा अपग्रेड गर्न, सिम तथा मोबाइल नम्बर परिवर्तन गर्न, सियुजीनम्बरहरु र विजप्लानहरु बदल्न, अन्तर्राष्ट्रिय रोमिङ्ग सुचारु गर्न, बिल तिर्न, रिचार्ज कार्ड खरिद र ब्यालेन्स ट्रान्सफर गर्न लगायतका अन्य ग्राहक सेवाहरू प्राप्त गर्न सक्छन् ।

नयाँ सेन्टर सञ्चालनको अवसरमा विभिन्न सेवाको लागि सेन्टर आएका ग्राहकले कार्तिक ३० गतेसम्म विभिन्न भोलुमको डेटा प्याक उपहार स्वरूपप्राप्त गर्नेछन् ।

भैरहवा सेन्टरबाट सिम कार्ड खरिद गर्ने ग्राहकले १ जीबी डेटा भोलुम निःशुल्क पाउने छन् । प्राप्त डेटा भोलुम बिहान ५ बजेदेखि बेलुका ५ बजेसम्म ७ दिनसम्म मान्य रहनेछ । साथै सेन्टरबाट रु २०० को ब्यालेन्स रिचार्ज गर्ने ग्राहकले पनि ७ दिनको समय सीमा रहेको १ जीबी डेटा भोलुम निःशुल्क पाउने छन् ।

त्यसै गरी रु ५०० र रु १००० को ब्यालेन्स रिचार्ज गर्ने ग्राहकले ३० दिनका लागि मान्य हुने गरी क्रमशः १ जीबी र २ जीबी डेटा पाउने छन् । सेन्टर बाट आफ्नो थ्रीजी सिमलाई फोरजीमा अपग्रेड गर्ने ग्राहकले पनि ७ दिनसम्म मान्य हुने १ जीबी डेटा पाउनेछन् ।

आफ्ना ग्राहकलाई विश्व स्तरीय सेवा अनुभव प्रदान गर्ने प्रतिबद्धता अनुरूप, यस नयाँ सेन्टरले ग्राहकलाई थप मूल्य प्रदान गर्ने विश्वास जनसेलले लिएको छ ।

आइतबारदेखि शनिवार हप्ताको सातै दिन बिहान ९ बजेदेखि ५ः३० बजेसम्म यस सेन्टरले ग्राहकहरूलाई सेवा प्रदान गर्नेछ ।

आफ्नो ग्राहक सेवालाई अझ सहज तथा सर्वसुलभ बनाइ उत्कृष्ट ग्राहक अनुभव प्रदान गर्न एनसेलले देशका विभिन्न भागमा ३१ वटा एनसेल सेन्टरहरू सञ्चालन गर्दै आएको छ ।

प्रतिकृयाहरु
Loading...