नेप्से परिसूचक २५.९८ अंकले बढ्यो, ४ अर्बको कारोबार

काठमाडौँ । आज नेप्से परिसूचक २५.९८ अंकले बढको छ । भने कारोबार रकम समेत ४ अर्ब नाघेको हो । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज १.५७ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक १६७८.७९ अंकमा उक्लिएको छ ।

आज १ सय ९६ कम्पनीका ९६ लाख ५७ हजार ६ सय ७७ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ९ करोड ६१ लाख ९० हजार २ सय ५६ रुपियाँ बरा्बरको कारोबार भएको हो ।

सबैभन्दा बढी लगानीकर्ताहरु बीमा समूहमा झुम्मिएका छन् । जीबन बीमा समूह ४७६.३६ अंक र निर्जीवन बीमा समूह १६०.४ अंकले बढेका हुन् ।

 

प्रतिक्रिया