प्रधानमन्त्री किमाथांका जाने, बीओपीको निरीक्षण गर्ने
२०७७ कार्तिक २५ गते

|प्रधानमन्त्री केपी शर्मा ओली। फाइल फोटो|
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली बुधबार नेपाल–चीन सीमास्थित किमाथांका क्षेत्रको भ्रमणमा जाने भएका छन् । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले त्यहाँस्थित स्थापना भएको बोर्डर आउट पोस्ट (बीओपी)को निरीक्षण गर्ने उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
यस्तै प्रधानमन्त्री ओलीले भारतीय लगानीमा निर्माण भइरहेको अरुण तेस्रो जलविद्युत आयोजना र कोसी राजमार्गअन्तर्गत खाँदबारी–किमाथांका सडकको प्रगतिको अनुगमन तथा निरीक्षण गर्ने थापाले बताए ।
२०७७ कार्तिक २५ गते
प्रतिक्रिया
सम्बन्धित









