चितुवाले दुई दिनमा दुई जनाको ज्यान लियो

काठमाडौं । डडेल्धुरामा चितुवाको आक्रमणबाट किशोरीको मृत्यु भएको छ । बैतडीको शिवनाथ गाउँपालिका-४ बगारकी अन्दाजी १८ वर्षीया माया महताको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाँस काट्न सीमाक्षेत्र डडेल्धुराको भागेश्वर गाउँपालिका-१ मर्मागाड पुगेकी किशोरीको सोमबार चितुवाले आक्रमण गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।​ डडेल्धुराबाट प्रहरीको टोली घटनास्थलतर्फ गएको डडेल्धुराका प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए ।

आइतबार मात्रै डडेल्धुराको भागेश्वरमा चितुवाले १२ वर्षीय बालकको ज्यान लिएको थियो । जिल्लामा दुई दिनमा चितुवाको आक्रमणले दुई जनाको मृत्यु भएको हो ।

प्रतिक्रिया