काेराेना अपडेट : साेमबार थपिए २,५७१ संक्रमित

काठमाडाैं । पछिल्लाे २४ घण्टामा देशभर दुई हजार ५७१ जनामा काेराेना भाइरस (काेभिड १९) संक्रमण पुष्टि भएकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार आज (साेमबार) थप १ हजार ७९८ जना डिस्चार्ज भएका छन् । संक्रमितमध्ये थप १८ जनाकाे मृत्यु भएकाे छ भने ३६ हजार १७४ जना सक्रिय संक्रमित छन् ।

क्वारेन्टिनमा ९६७ जना रहेका छन् । आजको अपडेटसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ९७ हजार २४ पुगेको छ । संक्रमितमध्ये १ लाख ५९ हजार ७२४ जना निको भइसकेका छन् भने मृतक संख्या १ हजार १२६ पुगेकाे छ ।

प्रतिक्रिया