गजेन्द्रनारायण सिंह अस्पतालले माग्यो चिकित्सक तथा नर्सहरु

सप्तरी । राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालले चिकित्सक तथा नर्स माग गरेको छ ।

अस्पतालले विभिन्न पदहरुमा चिकित्सक तथा नर्सहरु माग गरेको हो । सूचना अनुसार अस्पतालले स्वास्थ्य सेवा अन्तरगत कन्सल्टेन्ट इमाटोलोजी, इएनटी सर्जन, साइक्याट्रिक, मेडिकल जनरलिष्ट, रेडियोलोजिष्ट माग गरेको छ ।

कार्तिक २१ गते प्रकाशित सूचना अनुसार अस्पतालले मेडिकल अधिकृत २ जना, नर्सिङ अधिकृत १ जना, स्टाफ नर्स ८ जना तथा अ. हे.व. ३ जना माग गरेको छ ।

करार सेवाको लागि दरखास्त पेश गर्ने व्यक्तिले सहायक स्तरको पदको हकमा रु ६०० र अधिकृत स्तरको पदको लागि दरखास्त पेश गर्नेहरुको लागि रु १००० दस्तुर बुझाउनु पर्नेछ । भने, दरखास्त सप्तरी राजविराज स्थित अस्पतालमै बुझाउनु पर्नेछ । इच्छुक उम्मेद्वारले मंसिर ११ गतेसम्म दरखास्त दिन सक्नेछन् ।

हेर्नुहोस सूचना

 

प्रतिक्रिया