यी भू-भागमा बदली, कस्तो रहला देशभरको मौसम ?

काठमाडौं । अहिले देशभर मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन ।

  • यस्तो छ तीन दिनको पूर्वानुमान

कार्तिक २४ गते (सोमबार)
दिउँसो : देशभर सामान्यतय सफा रहेता पनि अपरान्ह पछि पहाडी भू-भागमा आंशिक बदली रहनेछ ।

राती : देशको पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

कार्तिक २५ गते (मंगलबार)
दिउँसो : सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली तथा प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्विनी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेशका पहाडी भुभागका एक दुइ स्थानमा हल्का बर्षाको सम्भावना छ ।

राती : देशको पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

कार्तिक २६ गते (बुधबार)
दिउँसो : देशको पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

राती : देशको पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रतिक्रिया