काेराेना अपडेट : २,८१७ संक्रमित थपिँदा २,८१२ जना डिस्चार्ज, २१ काे मृत्यु

काठमाडौं । आज (आइतबार) काे संक्रमित र निकाे हुनेकाे संख्या लगभग उस्तै छ । पछिल्लाे २४ घण्टामा थप २ हजार ८१७ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएकाे छ भने २ हजार ८१२ जना डिस्चार्ज भएका छन् ।

यस्तै आज थप २१ जना संक्रमितकाे मृत्यु भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले जानकारी दिए । उनका अनुसार आज क्वारेन्टिनमा १ हजार १४९ जना छन् भने ३५ हजार ४१९ जना सक्रिय संक्रमित छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ९४ हजार ४५३ पुगेको छ । संक्रमितमध्ये १ लाख ५७ हजार ९२६ जना निको भइसकेका छन् भने हालसम्म १ हजार १०८ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया