वीपी प्रतिष्ठानमा पाख्रीबासका कोरोना संक्रमितको मृत्यु

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा धनकुटाको पाख्रीबास–३ का एक वृद्धको मृत्यु भएको छ ।

वीपीको कोभिड अस्पतालमा उपचाररत ७२ वर्षीय वृद्धको मृत्यु भएको हो । ती पुरुषमा कार्तिक २० गते कोरोना पुष्टि भएको थियो । कार्तिक २२ गते वीपीमा भर्ना भएका उनको आज (बिहीबार) दिउँसो १:५ मा मृत्यु भएको हो ।

प्रतिक्रिया