काेराेना संक्रमणबाट लमजुङका ४७ वर्षीय पुरूषको मृत्यु

काठमाडौं । काेराेना भाइरस (काेभिड १९) संक्रमणबाट लमजुङका थप एक जनाकाे मृत्यु भएकाे छ ।

चितवनकाे भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचारका क्रममा आइतबार बिहान लमजुङको मध्यनेपाल नगरपालिका–२ का ४७ वर्षीय पुरूषको आइतबार मृत्यु भएको हो ।

कात्तिक २१ गते काेराेना संक्रमण पुष्टि भएका उनी ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या देखिएपछि मेडिकल कलेजमा भर्ना भएका थिए । उनीलाई कात्तिक २३ मा मेडिकल कलेजको कोभिड आईसीयू कक्षको भेन्टिलेटरमा राखेर उपचार गरिएकाे थियाे । तर बिहान ४:७ बजे उनकाे मृत्यु भयाे ।

प्रतिक्रिया