मोटरसाइकल चोरी गर्ने गिरोह चितवनमा पक्राउ

चितवन । मोटरसाइकल चोरी गर्ने एक समूहलाई चितवन प्रहरीले पक्राउ गरेको छ । चितवन लगायत विभिन्न जिल्लामा मोटरसाइकल चोरी गर्ने तथा चोरीको मोटरसाइकल खरिद गर्ने ७ जनालाई चितवन प्रहरीले आज सार्वजनिक गरेको हो ।

प्रहरीले मोटरसाइकल चोरी गर्ने बारा जिल्ला करैयमामाइ गाँउपालिका वडा नम्बर ५ घरभई हाल खैरहनी नगरपालिका वडा नम्बर ९ बस्ने बर्ष २८ को विजय चौधरी, सोही स्थान ५ घर भई हाल भरतपुर ३ बस्ने बर्ष १९ को राकेश चौधरी, बारा केल्हवी नगरपालिका वडा नम्बर ७ बस्ने बर्ष २४ को महेश चौधरीलाई पक्राउ गरेको छ । त्यस्तै भरतपुर महानगरपालिका वडा नम्बर २ का २६ वर्षीय दिनेश गुरुङ र भरतपुर ११ बस्ने बर्ष २५ को मनोज दराई समेत पक्राउ परेका छन् ।

उनीहरूकाे साथबाट प्रहरीले विभिन्न कम्पनीका ७ वटा मोटरसाइकल समेत बरामद गरेको छ । त्यस्तै प्रहरीले उनीहरूसँग चोरीको मोटरसाइकल खरिद गर्ने खैरहनी नगरपालिका वडा नम्बर १२ बस्ने बर्ष २४ को समिर चौधरी र सोहि स्थानका २८ वर्षीय अमित चौधरीलाई समेत पक्राउ गरेको छ ।

पक्राउ परेकाहरुलाई आज पत्रकार सम्मेलन गरि सार्वजनिक गरिएको थियो । चोरी भएका मोटरसाइकलहरुको खोजी गर्ने क्रममा प्रहरीले उनीहरुलाई पक्राउ हो । प्रहरी आफैँ ग्राहक बनेर समेत अनुसन्धानमा खटिएकाे थियाे ।

उनीहरूकाे साथबाट प्रहरीले ग १० प ९६०७ नं.को बजाज पल्सर २०० एन एस मोटरसाईकल (वास्तविक नम्बर ना ५३ प ९७६४०),  प्रदेश ०३–०२–००९ प ६८२९ नं.को सेतो केटिएम २०० सि.सि.मोटरसाईकल,  प्रदेश ०३–०३–००१ प ५२२६ नं.को २२० सि.सि. को मोटरसाईकल (पार्टपुर्जा खोलेको अवस्थामा) फेला पारेकाे छ ।

यस्तै बा५६ प ५९९५ नं को २०० सि.सि. को केटिएम मोटरसाईकल, ना१८प ६३२ नं. को १५० सि.सि. को पल्सर मोटरसाइकल, प्रदेश ३–०३–००१प ३४९६ नं. को १५० सि.सि. मोटरसाइकल, बा.८१प. ५११४ नं. को २२० सि.सि. को पल्सर मोटरसाइकल बेवारिसे अवस्थामा फेला परेकाे प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया