बाइडेन र ह्यारिसलाई बधाई दिँदै प्रधानमन्त्रीले भने–‘मैत्रीपूर्ण सम्बन्ध थप मजबूत बनाउन नयाँ नेतृत्वसँग मिलेर काम गर्नेछौँ’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नवनियुक्त अमेरिकी राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसलाई बधाई दिएका छन् ।

आइतबार (आज) सामाजिक सञ्जाल ट्वीटरमार्फत् बधाई दिएका प्रधानमन्त्री ओलीले दुई देशको मैत्रीपूर्ण सम्बन्ध अझै मजबूत बनाउन मिलेर काम गर्नुपर्नेसमेत उल्लेख गरेका छन् ।

‘शानदार र ऐतिहासिक जितको लागि तपाईंहरुलाई बधाई छ । दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप मजबूत बनाउनका लागि अमेरिकाको नयाँ नेतृत्वसँग मिलेर काम गर्ने आशा व्यक्त गर्दछु ।’ प्रधानमन्त्री ओलीले लेखेका छन् ।

डेमोक्रेटिक पार्टीको उम्मेदवार बाइडेनले रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पलाई पराजित गरेका हुन् । यस्तै डेमोक्रेटिक पार्टीबाटै उपराष्ट्रपति पदमा ह्यारिस निर्वाचित भएकी छन् ।

प्रतिक्रिया