ट्रयाक्टरको ठक्करबाट मोटरसाइकलमा सवार दम्पतीको मृत्यु

काठमाडौं । बर्दियाको बढैयाताल गाउँपालिका-८ तिलकानामा ट्रयाक्टरको ठक्करबाट मोटरसाइकलमा सवार दम्पतीको मृत्यु भएको छ । दुर्घटनामा परी गम्भी घाइते उनीहरुको उपचारका क्रममा मृत्यु भएको हो ।

शनिबार राति मोटरसाइकलमा सवार बढैयाताल-७ का २६ वर्षीय अर्जुन रिमाल र उनकी श्रीमती २३ वर्षीया ललिता घाइते भएका थिए । उनीहरुको नेपालगञ्ज मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक योगेन्द्र खड्काका अनुसार पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको भे ३ प ७८७० नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको भे १ त ५०९९ नम्बरको ट्रयाक्टर एक आपसमा ठोक्किएको थियो । उनका अनुसार ट्रयाक्टर र ट्रयाक्टर चालक दुवै प्रहरीको नियन्त्रणमा छ ।

प्रतिक्रिया