विश्वमा संक्रमितको संख्या ५ करोड नाघ्‍यो, १२ लाख ५५ हजारले ज्यान गुमाए

काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड-१९)को नयाँ संक्रमण र मृत्युदर अझै घट्न सकेको छैन । अहिलेसम्म संक्रमितको संख्या ५ करोड २ लाख नाघेको छ भने १२ लाख ५५ हजारभन्दा बढीको मृत्यु भएको छ ।

कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सको पछिल्लो विवरण अनुसार विश्वभर ५ करोड २ लाख ४७ हजार २९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चीनको हु बेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोरोना भाइरस संक्रमणबाट विश्वभर १२ लाख ५५ हजार ६२८ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म ३ करोड ५५ लाख ४१ हजार २७४ जना कोरोना मुक्त भएका छन् ।

सबैभन्दा बढी प्रभावित अमेरिकामा बिहानसम्म २ लाख ४३ हजार २५७ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । अहिलेसम्म संक्रमितको संख्या १ करोड १ लाख ८२ हजार ८१८ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १ लाख २४ हजार २३२ भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ भने १ हजार ३१ जनाले ज्यान गुमाएका छन् ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख २६ हजार १६२ पुगेको छ । त्यहाँ पछिल्लो २४ घण्टामा मात्रै ५५७ जनाले ज्यान गुमाएका छन् । २४ घण्टामा ४६ हजार ३१८ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ८५ लाख ७ हजार २०३ पुगेको हो ।

प्रभावित देशको सूचीमा तेस्रो स्थानमा रहेको ब्राजिलमा संक्रमितको संख्या ५६ लाख ५३ हजार ५६१ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ २५१ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या १ लाख ६२ हजार २८६ पुगेको छ ।

पछिल्लो समय संक्रमण तीव्र बनेको नेपालमा संक्रमितको संख्या १ लाख ९१ हजार पुगेको छ । जसमध्ये १ लाख ५५ हजारले कोरोना जितेका छन् भने ३५ हजार बढी सक्रिय संक्रमित छन् । पछिल्लो २४ घण्टामा १७ जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या एक हजार ८७ पुगेको छ ।

विश्वभरको कोरोना अपडेट हेर्नको लागि यहाँ क्लिक गर्नुहोस् :- कोरोना अपडेट
प्रतिक्रिया