नेयमार र एमबाप्पे बिना पीएसजीको सानदार जित

काठमाडौं । फ्रेन्च लिग वान अन्तर्गत पीएसजीले रेन्नेजलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा पीएसजीले रेन्नेजलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

पीएसजीको जितमा एन्जल डि मारियाले दुई गोल गरेका छन् भने मोइज कीनले एक गोल गरेका थिए । इन्जुरीका कारण यस खेलमा पिएसजीका स्टार खेलाडीहरु नेइमार, एम्बाप्पे, इकार्डी जस्ता खेलाडीहरु अनुपस्थित रहेका थिए ।

यो जितसँगै शीर्षस्थानमा रहेको पीएसजीको १० खेलबाट २४ अंक पुगेको छ । पराजित रेनेस १८ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया