बार्सिलोनाको जितमा मेस्सीको दुई गोल

काठमाडौँ । बार्सिलोनाले ला लिगा अन्तर्गत रियल बेटिसविरुद्ध सहज जित हासिल गरेको छ । शनिबार सम्पन्न खेलमा बार्सिलोनाले रियल बेटिसलाई ५-२ गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाको जितमा लियोनेल मेसीले दुई गोल गरेका छन् भने उसमान डेम्बेले, एन्टोनी ग्रीजम्यान र पेड्रीले एक एक गोल गरेका छन् । त्यस्तै खेलको ३३औ मिनेटमा ग्रीजम्यानले पेनाल्टी मिस गरेका थिए । यस खेलमा मेसी खेलको दोस्रो हाफमा अन्सु फातीलाई रिप्लेस गर्दै सब्सटिच्युटको रुपमा मैदानमा प्रवेश गरेका थिए ।

त्यस्तै रियल बेटिसका लागि एन्टोनी सनाब्रिया र लोरेन्जो जिसस मोरोनले एक एक गोल गरेका थिए । त्यस्तै रियल बेटिसका एइस्सा मन्डीले खेलको ६०औ मिनेटमा रातो कार्ड पाएर बाहिरएपछि रियल बेटिस १० खेलाडीमा सिमित भएको थियो ।

यो जितपछि बार्सिलोनाको ७ खेलमा ११ अंक भएको छ भने लिगको आठौँ स्थानमा उक्लिएको छ । त्यस्तै रियल बेटिसको ९ खेलमा १२ अंक छ र लिगको सातौं स्थानमा रहेको छ ।

प्रतिक्रिया